IME Life
Beema Board

सानिमा लाइफको खुद बीमा शुल्क १३४% ले बढ्यो, जीवन बीमा कोष अर्बमाथि, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

कोष
समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड १९ लाख ९४ हजार रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६७ करोड रुपैयाँ मात्र रहेको थियो ।

Prabhu
Crest

खुद बीमा शुल्क आर्जन
कम्पनीले दोश्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३४ दशमलव ७७ प्रतिशतले बढी हो ।

नाफा
समिक्षा अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफा १५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ८० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खुद दाबी भुक्तानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको वर्षको सोही अवधिमा कम्पनीले ८ लाख ३० हजार रुपैयाँ मात्र दुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ७० गुणाभन्दा बढीले बृद्धि गर्न सफल भएको छ ।

कुल बीमा शुल्क आर्जन
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ९७ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २ गुणाभन्दा बढीले बृद्धि गर्न सफल भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS