IME Life
Beema Board

एलआईसी नेपालको चेयरमेन क्लब बार्षिक सम्मेलन सम्पन्न, ५२० जना अभिकर्ता सम्मानित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआईसी नेपालको गत शुक्रबार चेयरमेन क्लब सदस्यहरुको बार्षिक सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन सोल्टी होटलमा सम्पन्न भएको कम्पनीले जनाएको छ । आर्थिक बर्ष २०७६/७७ मा न्यु बिजनेशको आधारमा चेयरमेन क्लब सदस्य बन्न सफल भएका ५२० जना अभिकर्ताहरुको उपस्थितिमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रममा भारतबाट आएका जीवन बीमा बिज्ञ तथा प्रशिक्षक शैयद अफ्जल अहमदले जीवन बीमा बिक्रय कला र चुनौतीका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, कार्यक्रममा कम्पनीका सिइओ लक्ष्मी प्रसाद दासले सबै चेयरमेन क्लबका सदस्यहरुलाई बधाइ दिदै कम्पनीको बर्तमान अवस्था र चुनौतीहरुको बारेमा प्रकाश पारे ।

Prabhu
Crest

त्यसैगरी, कार्यक्रममा डेपुटी सिइओ टी. बर्णवालले आगामि ६ महिनामा अभिकर्ताहरुले व्यवसाय बृद्धिको लागि गर्नुपर्ने कार्यहरुको बारेमा चर्चा गरे ।

कार्यक्रममा ४५ जना बीमा सम्राट अभिकर्ताहरुलाई ट्रफी र प्रमाणपत्र दिइ सम्मान गरिएको थियो भने २२० जना विशेष अभिकर्ताहरुलाई चाँदीको सिक्का र प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS