IME Life
Beema Board

सिटिजन लाइफले आर्जन गर्यो १ अर्ब ३७ करोड खुद बीमा शुल्क, जीवन बीमा कोषमा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधीमा कम्पनीले ७९ करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा ११ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९ दशमलव ८१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधीमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । महा विपत्ती जगेडामा करोड ८४ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले २३ करोड ८५ लाख रुपैयाँ दाबी भुक्रानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ३५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS