काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले फागुन १४ गते छैठौं र सातौं साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीले लैनचौर व्यांक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने रहेको छ ।