Connect IPS
IME Life

एलआइसीको साधारण सभा फागुन २५ गते, लाभांश प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को फागुन २५ गते वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो।  साधारणसभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयर मा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ। कम्पनीले अझै २०७६/७७ को वार्षिक साधारणसभा गर्न बाँकी छ। एक्चुरियल मूल्याङ्कन छिटो नहुँदा साधारणसभा गर्न ढिलाइ भएको हो।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ३४.४६ प्रतिशत बोनस शेयर र ३५.५३ प्रतिशत नगद लाभांस सहित ७० प्रतिशत लाभांस दिएको थियो। पुँजी बृद्धि भए पछि कम्पनीको लाभांसदरमा कमि आएको हो। पछिल्लो समय कम्पनीले आफ्नो जीवन बीमा व्यवसाय बढाइरहेकोले आगामी वर्षमा लाभांसदर बढाउन सक्ने छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS