काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाला सुनको भाउ प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ। त्यस्तै तेजारी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार घटिरहेको भए पनि नेपाली व्यवसायीले भने घटाइरहेका छैनन्।
चाँदी भाउ भने तोलाको २० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ३८० रुपैयाँ मा कारोबार भैरहेको छ। सोमबार चाँदीको कारोबार १ हजार ४ सय रुपैयाँमा भएको थियो।