IME Life
Beema Board

दोश्रो त्रैमासको आधारमा ज्योति लाइफ र आई.एम.ई लाइफलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA
Sanima Reliance

काठमान्डौ। ज्योति लाइफ इन्स्योरेन्स र आई.एम.ई लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु जो आईपीओ निस्काशन गर्ने प्रक्रियामा छन्। दुई कम्पनीले आर्थिक वर्ष ७७/७८ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। दुवै जीवन बीमा कम्पनीले आक्रामक रुपमा व्यापार गर्दै आएका छन् । दुई जीवन बीमा कम्पनी ज्योति लाइफ र आई.एम.ई लाइफ इन्स्योरेन्सलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा :

ज्योति लाइफको चुक्ता पुँजी १ अर्ब ५४ करोड रहेको छ भने आई.एम.ई लाइफ इन्स्योरेन्सकोको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ। दुवै कम्पनीले आईपीओ पश्चात न्युनतम २ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल गर्ने छन्।

जगेडा कोषको आधारमा :

ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड २४ लाख रहेको छ भने आई.एम.ई लाइफको जगेडा कोषमा ४२ करोड ७० लाख रहेको छ। ज्योति लाइफको जगेडाकोष ४४ प्रतिशतले वृद्धि भएको छ भने आई.एम.ई लाइफको जगेडा कोष ७१ प्रतिशतले वृद्धि भएको छ ।

जीवन बीमा कोषको आधारमा :

ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रहेको छ भने आई.एम.ई लाइफको जीवन बीमा कोषमा २ अर्ब ९ करोड रहेको छ। ज्योति लाइफको जीवन बीमा कोष १४२ प्रतिशतले वृद्धि भएको छ भने आई.एम.ई लाइफको जीवन बीमा कोष १०४ प्रतिशतले वृद्धि भएको छ ।

कुल बीमा शुल्क आर्जनको आधारमा :

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को दोश्रो त्रैमास सम्म १ अर्ब ४४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने  आई.एम.ई लाइफले १ अर्ब २३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । ज्योति लाइफको कुल बीमा शुल्क आर्जन ९२ प्रतिशतले वृद्धि भएको छ भने आई.एम.ई लाइफको कुल बीमा शुल्क आर्जन १०० प्रतिशतले वृद्धि भएको छ ।

खुद मुनाफाको आधारमा :

ज्योति लाइफ इन्स्योरेन्सले १० करोड  ७८ लाख खुद मुनाफा गरेको छ भने आई.एम.ई लाइफले ७ करोड ४० लाख खुद मुनाफा गरेको छ । ज्योति लाइफको खुद मुनाफा ५७ प्रतिशतले वृद्धि भएको छ भने आई.एम.ई लाइफको खुद मुनाफा आर्जन २१ प्रतिशतले वृद्धि भएको छ ।

प्रति शेयर आम्दनीको आधारमा :

ज्योति लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी १४ रुपैया ०१ पैसा रहेको छ भने आई.एम.ई लाइफ इन्स्योरेन्सले १० रुपैयाँ ५८ पैसा छ।

किताबी मूल्यको आधारमा :

ज्योति लाइफ इन्स्योरेन्सको किताबी मूल्य १३४ रुपैया रहेको छ भने आई.एम.ई लाइफ इन्स्योरेन्सको १३३ रुपैयाँ रहेको छ।

नोट : जीवन बीमा कम्पनीको एक्चुअरी पश्चात मात्र वास्तविक नाफा आउने छ। 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS