Connect IPS
IME Life

नेपाल लाइफले दोस्रो बजारमा कारोबार बढाउन पहिलो पटक ‘स्टक स्प्लिट’को अभ्यास गर्दै, यस्तो छ कानुनी व्यवस्था  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सबैभन्दा महंगो युनिलिभर नेपालको हरेक साधारणसभामा लगानीकर्ताले दोस्रो बजारमा कम्पनीको शेयर धेरै महंगो भयो ‘स्टक स्प्लिट’ गर्नु पर्यो भन्दै माग राख्ने गरेका छन्। तर कम्पनीले कहिले पनि लगानीकर्ताको माग संवोधन गर्ने प्रयास गरेको देखिदैन। बजारमा धेरै मूल्य हुँदा साना लगानीकर्ताले खरिद गर्न नसक्ने भएकाले धेरै कारोबार गराउन कम्पनीहरुले आधार मूल्य घटाउने गरेको पाइन्छ।

यसै क्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो बजारमा सबैले किन्न सक्ने बनाउनका लागि ‘स्टक स्प्लिट’ गर्न लागिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले जानकारी दिए।  उनले भने ‘हाम्रो एक मात्र उद्देश्य दोस्रो बजारमा कम्पनीको शेयर मूल्य  महंगो भएकाले साना लगानीकर्ताले पनि किन्न सकुन भन्ने हो।’  एक सय रुपैयाँको शेयरलाई टुक्राएर ५० रुपैयाँ बनाउदा दोस्रो बजारमा पनि आधा मूल्यमा किन्न सकिने प्रसाइले बताए। अहिले दोस्रो बजारमा एक कित्ताको २ हजार रुपैयाँ भन्दा माथि कारोबार भैरहेको छ। यदि ‘स्टक स्प्लिट’ गरेर ५० रुपैयाँमा झारियो भने एक हजार रुपैयाँ हाराहारीमा किन्न सकिनेछ।

Prabhu
Crest

कम्पनीले २० औ वार्षिक साधारणसभामा प्रवन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रति शेयर मूल्य एक सय रुपैयाँ रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरि प्रति शेयर मूल्य ५० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव गरेको छ। कम्पनीले प्रस्तुत प्रस्ताव सम्बन्धित निकायबाट स्विकृती प्राप्त गरे पश्चात मात्रै लागु हुने जनाएको छ।

कम्पनी साधारणसभामा पेश गर्न लागेको यो प्रस्ताव नयाँ भने होइन। कम्पनीले धेरै अगाडि ‘स्टक स्प्लिट’ को अवधारणा ल्याएको थियो। कम्पनीले एक सय रुपैयाँको शेयरलाई टुक्राएर प्रतिकित्ता १० रुपैयाँ बनाउने योजना बनाएको थियो। तर कार्यान्वयनका लागि आवस्यक प्रकृयाँ भने अगाडि बढाउन सकेको थिएन। अहिले पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बीमा समिति र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवस्यक अनुमति पाउनु पर्ने हुन्छ।

कम्पनी ऐनमा पब्लिक कम्पनीको शेयरको अंकित मूल्य प्रति शेयर ५० रुपैयाँ वा दश अंकले भाग जाने सो भन्दा बढि अंकले हुन आउने गरि प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए बमोजिमको रकम बराबर हुनेछ भन्ने व्यवस्था छ। यसका लागि कम्पनीले अहिलेको प्रवन्धपत्रलाई संसोधन गर्नु पर्ने हुन्छ।

त्यस्तै धितोपत्र दर्ता तथा निष्काशन नियमावली ‍२०७३ को दफा ४२ मा साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रति इकाई एक सय रुपैयाँ, डिवेञ्चरको हकमा प्रति इकाई एक हजार रुपैयाँ र सामूहिक लगानी योजना वा एकाङ्क अन्तर्गतको धितोपत्रको हकमा प्रति इकाई दश रुपैयाँ हुनेछ भन्ने व्यवस्था छ। यसै दफाको उपदफा २ मा धितोपत्रको अंकित मूल्य धितोपत्रको प्रकृति र संख्याको आधारमा बोर्डले समय समयमा तोके बमोजिम हुनेछ भनिएको छ।

कम्पनी ऐन र धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा धितोपत्रको मूल्यको व्यवस्था खुलेता पनि बीमा समितिले जारी गरेका कुनै पनि नियममा यस्तो कुरा खुलेको पाइदैन। बीमा ऐन नियमावली तथा विभिन्न निर्देशनमा समितिले शेयर टुक्राउने विषयमा कतै पनि खुलेको छैन। तर बीमा ऐन पनि कम्पनी ऐन अनुसार नै चल्ने भएकाले यस विषयमा बीमा समिति खासै बाधक नबन्न सक्छ।

दोस्रो बजारमा नेपाल लाइफको शेयर आधा मूल्यमा झर्ने भन्ने किसिमले चर्चा चलिरहेको छ। यदि बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयले आवस्यक अनुमति दिएमा शेयर बजारको क्षेत्रमा नयाँ अभ्यासको सुरुवात हुनेछ। नेपाल लाइफको यो कदम सफल भयो भने युनिलिभरका लगानीकर्ताले भोलिका दिनमा कम्पनीको साधारणसभमा नेपाललाइफकै उदाहरण दिएर थप दवाव दिन सक्छन्। यदि यो काम असफ भयो भने अन्य कम्पनीहरले पनि यसका लागि हरेस खान्छन्। विश्वमै यसको अभ्यास भने भैरहो हुन्छ। नेपालमा मात्रै पहिलो अभ्यास भएकाले नियामक निकायहरु बढि सचेत हुनु पर्ने देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS