IME Life

लार्ज क्याप फण्डको इकाईमा तेस्रो दिनसम्ममा मागभन्दा ५ गुणा बढी आवेदन

SPIL
NIC ASIA

काठमाडौं । शुक्रवारदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमा तेस्रो दिनसम्म मागभन्दा ५ दशमलव २९ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतवार साझ ५ बजेसम्म ३६ हजार ८४० जना आवेदकहरुबाट ४५ करोड ५८ हजार १०० कित्ताको इकाई खरीदको लागि आवेदन परेको जनाएको छ ।

सानिमा क्यापिटलको व्यवस्थापनका सञ्चालन हुने यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । प्रति इकाई १० रुपैयाँ अंकित दरको कुल इकाईमध्ये यस फण्डले १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंक र कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको हो ।

Prabhu
Crest

छिटोमा माघ १३ र ढिलोमा माघ २६ गतेसम्म विक्री खुला हुने मिति तय भएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ । यो इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरिदको माग गर्न सकिनेछ । सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना बन्द मुखि योजना हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS