काठमाडौं । नेप्से ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल टेलिकमको ३१ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको २४ करोडमाथि, प्राइम कमर्सियल बैंकको २३ करोडमाथि, नेको इन्स्योरेन्सको २२ करोडमाथिको शेयर कारोबार भएको छ ।