IME Life

अर्थ मन्त्रालयलाई पूँजी बजार विकास अभियानको यस्तो पत्र, माग सम्बोधन नभए फागुन १ देखि आमरण अनशन

SPIL
NIC ASIA

काठमाडौं । पूँँजी बजार विकास अभियानले फागुन १ गतेदेखि आमरण अनशन शुरु गर्ने भएको छ । अर्थ मन्त्रालयले दुई बर्ष अघि नै गरिसक्ने भनेका कामहरु अहिलेसम्म नहुँदा पूँजी बजारको बिकास अबरुद्ध भएको बताउँदै ती रोकिएका कामहरु तत्काल सक्न पहल नभए फागुन १ गतेदेखि आमरण अनशन बस्ने पूँजी बजार विकास अभियानले जनाएको छ ।

नेपालको पूँजी बजारको विकास, बिस्तार र सुधारका लागि लगानीकर्ताहरुले २०७५ सालमा गरेको संघर्षपछि अर्थ मन्त्रालयले डेपुटि गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पूँजी बजार सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको थियो । सो समितिले कार्यान्वयन गर्ने निकाय र समय तालिकासहित सिफारिस गरेका ५८ बुँदे कामहरु मध्ये पूँजी बजारसँग प्रत्यक्ष सम्बन्धित १८ वटा मुख्य कामहरु अहिलेसम्म नभएकाले पूँजी बजारको बिकास अबरुद्ध भएको भन्दै आमरण अनशन शुरु गर्ने जनाएका हुन् ।

Prabhu
Crest

ढिलोमा २०७६ असार मसान्तसम्ममा नै भईसक्नु पर्ने ती सबै कामहरु अहिलेसम्म अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से र अन्य सम्बद्ध निकायहरुले नगर्दा पूँजी बजारमा गंभीर नकारात्मक असर र जोखिम देखा पर्ने संभावना बढेर गएको भन्दै ती कामहरु तत्काल गर्न गराउँन माग गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS