काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज(माघ ७ गते) २६औं वार्षिक साधारण वेविनार मार्फत होटल हिमालय कुपण्डोलमा सम्पन्न भएको छ।
सभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आव २०७६/७७ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको हो ।