काठमाडौं । आज सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सको २९ करोड ६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज शेयर बजार नेप्से २८ दशमलव ३१ अंकले बढेर २,२६७ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।
आज दिनभरिमा २ सय २ वटा कम्पनीको १ करोड ३५ लाख ३१ हजार २ सय २७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार रुपैयाँको शेयर करोबार भएको छ ।
प्रभु बैंकको १६ करोडमाथिको शेयर करोबार भएको छ । अपर तामाकोशीको १५ करोड ७१ लाख रुपैयाँको, नेपाल लाइफको १५ करोडमाथितको शेयर करोबार भएको छ । नेशनल लाइफको र सिभिल बैंकको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमाको १३ करोडमाथिको शेयर करोबार भएको छ । एनआइसी एशिया बैंक र नेपाल टेलिकमको १२ करोडमाथिको शेयर कारोबार भएको छ ।