काठमाडौं । कोरोना बीमाको दावीका लागि बीमा कम्पनीहरुमा फाईल पेश गर्नेहरुको संख्या ५० हजार नजिकै पुगेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ४८ हजार ६०७ जनाले बीमा दावी गरेका छन् । कोरोना बीमा पुलमा कोरोना बीमा दावी गर्नेहरुको तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म दुई अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ ।
हालसम्म २४ हजार ३८५ जनाले कोरोना बीमाको दावी भुक्तानी बुझेका छन् । त्यस्तै, १७९ जनाले कोरोना बीमाको दावी भुत्ताmनी नपाउने भएका छन् भने २६६२ वटा फाईल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको बीमा समितिले जनाएको छ ।