Connect IPS
IME Life

चन्द्रागिरी हिल्सको आइपीओमा १२ गुणा बढीको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिन १२ आइतबार ४ः३० बजेसम्ममा कम्पनीको आईपिओमा ८ लाख ६३ हजार ४ सय ४६ जना आवेदकबाट १ करोड ७० लाख २७ हजार ७ सय ९० कित्ताको लागि आवेदन परेको आईएमइ क्यापिटलले जनाएको छ। यो माग भन्दा १२ दशमलव १९ गुणाले बढी हो ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

Prabhu
Crest

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको छ। आइपीओमा पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ। ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन भर्न पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS