IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानको सामूहिक जीवन बीमा पोलिसी बीमा समितिबाट स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले सामूहिक म्यादी जीवन बीमा पोलिसी जारी गर्न स्वीकृति प्रदान गरेको छ । बीमा समितिले दुई साता पहिले संस्थानलाई सामूहिक जीवन बीमा पोलिसी जारी गर्न अनुमति दिएको जनाएको छ ।

बीमा समितिका अनुसार संस्थानले कम्तीमा १० जनासम्मको सामूहिक म्यादी जीवन बीमा गर्ने सुविधा सहितको बीमा पोलिसी स्वीकृतिको लागि पेश गरेकोमा समितिले पुसको दोस्रो साता स्वीकृति दिएको हो । उक्त सामूहिक जीवन बीमा अन्तर्गत १० जना भन्दा कम जनाको बीमा गर्न पाइने छैन । १० जनाभन्दा बढि जतिपनि सदस्यहरु थपेर सामूहिक रुपमा म्यादी बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बीमा संस्थानले ‘हाम्रो जीवन बीमा’ नामक नयाँ बीमा योजनाको लागि अनुमति पाएको जनाएको छ । संस्थानले आन्तरिक रुपमा प्राबिधिक व्यवस्थापन गरेपछि नयाँ बीमा पोलिसी जारी गर्ने जनाएको छ । संस्थानले एकभन्दा बढि व्यक्तिको जीवन बीमा एउटै पोलिसीबाट गर्ने गरी अनुमति पाएको भएपनि अहिले जडान गरिएको सफ्टवयेरले त्यसलाई सपोर्ट नगरेपछि अपग्रेड गर्ने काम भइरहेको छ । अपग्रेड लगत्तै नयाँ बीमा पोलिसीको बिक्री वितरण सुरु गरिएको बीमा संस्थानले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS