काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ९१ अंकले बढेर २,१९४ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय ८ वटा कम्पनीको १ करोड १७ लाख ६७ हजार ४ सय ९२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८७ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको ३१ करोड ७१ लाख माथिको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । र्मििर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, नाराण्नी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।