काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ९१ अंकले बढेर २,१९४ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय ८ वटा कम्पनीको १ करोड १७ लाख ६७ हजार ४ सय ९२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८७ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको ३१ करोड ७१ लाख माथिको शेयर कराोबार भएको छ । नेपाल पुनर्बीमाको २७ करोड ४४ लाखमाथिको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको २४ करोठमाथिको शेयर करोबार भएको छ । नेपाल लाइफको २३ करोडमाथिको शेयर करोबकार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार भएको प्रभु बैंकको शेयर ३ सय ७५ रुपैयाँमा बजार खुलेको थियो । आज प्रभु बैंकको शेयर सबैभन्दा माथिल्लो विन्दु ३ सय ८७ मा पुगेको छ । सबैभन्दा कम विन्दु ३ सय ७२ मा झरेको थियो ।