काठमाडौं । विद्युतीय गाडी बिक्रेता कम्पनी दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको प्रचारको भूमिकामा रहनेछन् ।
‘ई–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्ने विश्वास कम्पनीले लिएको छ ।
श्रेष्ठसँगको सहकार्यले दिगो गाडीको बजार प्रवद्र्धन थप सहयोग पुग्ने कम्पनीका सीईओ हेमन्त पुरानिकले विश्वास व्यक्त गरेका छन् ।