काठमाडौं । तीन वटा कम्पनीको साधारण सभा भोलि हुने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, बोटलर्स नेपाल तराई र सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको साधारण सभा भोलि हुने भएको हो ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
त्यस्तै, बोटलर्स नेपाल तराईले कम्पनीको रजिष्टर्ड कार्याल बालाजु दिउँसो २ बजे साधारण सभा बोलाएको हो । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले रजिष्टर्ड कार्यालय नक्सालमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ११ गतेसम्म कायम शेयरधनीले पाउने कम्पनीले जनाएको छ ।