IME Life
Beema Board

सर्वाधिक कारोबारमा बीमा कम्पनीहरुको दवदवा, चार बीमा कम्पनीको अर्बमाथि कारोबार

SPIL
NIC ASIA

काठमाडौं । सोमबार नेप्सेमा कारोबार भएका सर्वाधिक कम्पनीहरुको सूचिमा चार वटा बीमा कम्पनीहरु सबैभन्दा अगाडि रहेका छन् । नेपाल पुनर्बीमा कम्पनीको एकै दिन ४६ करोड आठ लाख ६८ हजार ८८६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ४० करोड ७१ लाख दुई हजार ५९९ रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सर्वाधिक कारोबारको सूचिमा शिखर इन्स्योरेन्स कम्पनी समेत समेटिएको छ । शिखर इन्स्योरेन्सको २५ करोड ३३ लाख ४३ हजार ७३८ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १६ करोड ३७ लाख ८७ हजार ५९२ रुपैयाँको कारोबार भएको छ । चार वटा बीमा कम्पनी बाहेक नेपाल टेलिकम, एनसीसी बैंक, हिमालयन डिस्टीलरी, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र सिद्धार्थ बैंकको सर्वाधिक कारोबार हुने १० वटा कम्पनीको सूचिमा परेको छ ।

त्यस्तै, शेयर संख्याको आधारमा एनसीसी बैंक सबैभन्दा अगाडि रहेको छ । त्यस्तै हिजोबाट कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य स्थिर झै देखिको छ । अधिकतम् मूल्य भन्दा निकै तल रहेकाले बिक्रेता नआएका कारण उक्त कम्पनीको शेयर कारोबार खासै हुन सकेको छैन । सोमबार कूल ६२ कित्ता शेयर प्रतिकित्ता १४३ रुपैयाँदेखि १४५ रुपैयाँसम्म कारोबार भएपनि अन्तिम दुई कित्ता शेयर १४४ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS