IME Life
Beema Board

हिमपातपछि दुई वटा जहाज हुम्ला विमानस्थलमै अलपत्र, काठमाडौं आसपासमै हिऊ पर्दै !

SPIL
NIC ASIA

काठमाडौं । भिषण हिमपातपछि हुम्लास्थित विमानस्थलमा तारा एयरका दुई वटा जहाज अलपत्र अवस्था राखिएको छ । हुम्लाबाट उडान भर्ने क्रममा ब्याट्रीमा समस्या देखिएपछि रोकिएको तारा एयरको जहाजलाई सघाउन नेपालगन्जबाट आएको अर्को जहाज पनि सोही स्थानमा रोकिएपछि दुई वटा जहाज विमानस्थलको पार्किङमा हिऊले ढाकिएको अवस्थामा राखिएको छ ।

हुम्लामा दुई वटा जहाज अलपत्र परेपछि तारा एयरको पश्चिम क्षेत्र नेपालगन्ज तथा सुर्खेतमा आधारित उडानहरु अबरुद्ध भएका छन् । हुम्लास्थित सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीका अनुसार दुई वटै जहाज विमानस्थलको पार्किङमा हिऊले ढाकिएको अवस्थामा रहेका छन् । हिजो नै उडान भर्ने प्रयास गर्दागर्दै एकाएक मौषम खराव भएपछि दुई वटै जहाज हुम्लामै अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ । हिमपात रोकिएर विमान र विमानस्थल सफा नगरेसम्म दुई वटा जहाज उड्न नसक्ने हुम्ला विमानस्थल कार्यालयले जनाएको छ ।

Prabhu
Crest

पश्चिमी वायुको प्रभावका कारण नेपालमा हिमपातको सिजन सुरु भएको छ । सोही क्रममा हुम्ला लगायतका क्षेत्रमा भारी हिमपात भइरहेकोछ । आज साँझसम्म मध्य नेपालसम्म हिमपात हुने अनुमान गरिएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आज राति वा भोलिसम्ममा काठमाडौं आसपासका क्षेत्रमा समेत वर्षा तथा हिमपात हुनसक्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS