Connect IPS
IME Life

मैत्रिपुर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको मैत्रिपुर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सले जितेको छ । रुपन्देहीको पड्सरी आधारभुत विद्यालयको खेलमैदानमा भएको मैत्रिपुर्ण प्रतियोगितामा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई ७ रनको अन्तरले पराजीत गर्दै शिखर इन्स्योरेन्सले उपाधी जितेको हो ।

प्रतियोगीतामा उपाधी बिजेता शिखरले निर्धारित ३ ओभरको खेलमा रिलायबल इन्स्योरेन्स कम्पनीलाई ४७ रनको बिजय लक्ष्य दिएको थियो । जवाफि ब्याटिङ्गमा उत्रिएको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले निर्धारित ओभरमा ४० रन मात्र जोडेपछि उपाधी शिखरले जितेको हो ।

Prabhu
Crest

शिखरका लागीे सर्वाधिक रन तथा विकेट लिदै सामोद पौडेलले म्यान अफ दि म्याच र म्यान अफ दी सिरिजको उपाधी प्राप्त गरेका छन् । उनले प्रतियोगीता भरी व्यत्तिगत १२६ रन जोड्दै ४ विकेट लिएका थिए ।

नकआउट चरणमा भएको प्रतियोगीतामा शिखरले पहिलो खेलमा हिमालयन जनरल इन्स्योरेन्सलाई ६७ रनको फराकिलो अन्तर तथा प्रिमियर इन्स्योरेन्सलाई ७ रन र एन.एल.जी इन्स्योरेन्स कम्पनीलाई ३ रनले पराजीत गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै प्रतियोगीताको उपविजेता रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो खेलमा लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई समान ६ विकेट तथा नेको इन्स्योरेन्सलाई ५ विकेटले पछि पार्दै फाइनलको लागी यात्रा तय गरेको थियो ।

साबिक लुम्बिनि अंचल भित्र संचालनमा रहेका विभिन्न इन्स्योरेन्स कम्पनीहरुमा कार्यरत कर्मचारीहरुका बीचमा आयोजना गरिएको मैत्रिपुर्ण प्रतियोतिमा १२ वटा कम्पनीको सहभागीता रहेको निप्स लुम्बिनी च्यापटर सचिव किरण काफ्लेले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS