SKIP THIS

MLBL
IME Life
Beema Board

कोरोना बीमाको दावी भुक्तानी एक अर्ब नाघ्यो, दावी भुक्तानीले बीमा शुल्कलाई उछिन्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी एक अर्ब नाघेको छ । बीमा पुलमार्फत प्राप्त तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी एक अर्ब दुई करोड ९६ लाख रुपैयाँ दावी भुक्तानी गरिएको छ । बीमा पुलको तथ्याङ्क अनुसार कोरोना बीमामा चार करोड ३३ लाख ९२ रुपैयाँ घाटा लागेको छ । सो तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीमार्फत गरिएको सरकारी कर्मचारी तथा सुरक्षा निकायको बीमा गरिएको तथ्याङ्क समावेश छैन । सरकारी निकायले भुक्तानी गर्नुपर्ने ३० करोड रुपैयाँ बीमा शुल्क अझै भुक्तानी गरेको छैन ।

बीमा समितिले सबै कम्पनीहरुले सामूहिक रुपमा जोखिम बहन गर्ने गरी बीमा पुलमार्फत जारी गरेको कोरोना बीमामा अर्बौ रुपैयाँ घाटा लाग्ने निश्चित छ । हालसम्म साढे छ अर्बभन्दा बढि दावी भुक्तानी परिसकेको छ । सो मध्ये राष्ट्रिय बीमा कम्पनीमा मात्रै साढे दुई अर्बभन्दा बढि छ । राष्ट्रिय बीमा कम्पनीले आफ्नो सबै तथ्याङ्कहरु बीमा पुलमा नपठाएको कारण कोरोना बीमाको औपचारिक तथ्याङ्क संकलन गर्न कठिनाई भइरहेको छ ।

Prabhu
Crest

बीमा पुलका अनुसार हालसम्म ९८ करोड ८९ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन भएको छ । बीमा पुलबाट प्राप्त आजसम्मको तथ्याङ्क अनुसार एकभन्दा बढि रकम कोरोना बीमितले बीमा कम्पनीहरुबाट बुझिसकेका छन् । नेपालको बीमा इतिहासमा पोलिसी बिक्री बापत संकलन भएको कूल बीमा शुल्क भन्दा बढि दावी भुक्तानी तिरिएको सम्भवतः यो पहिलो पटक हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS