एशियन हाइड्रोपावरको साधारण सभा पुस २० गते, आइपिओ निष्काशन गर्ने प्रस्ताव

काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित दोश्रो वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

कम्पनीको मंसिर २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको निर्णय गरेको हो । सभा कम्पनीको कार्यालय सानेपाबाट बिहान ११ बजेदेखि जुमको माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा आइपिओ निष्काशनको साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार