Connect IPS
IME Life

युनाईटेड इन्स्योरेन्सलाई उकास्न पूर्व मन्त्रीले नै कम्मर कसेपछि ४४ प्रतिशतको प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । कुनै बेला संकटको डिलमा पुगेको युनाईटेड इन्स्योरेन्सलाई उकास्न पूर्व मन्त्रीले नै कम्मर कसेपछि गुणात्मक परिवर्तन देखिएको छ ।

उद्योगपति तथा पूर्व मन्त्री रबिभक्त श्रेष्ठले युनाइटेड इन्स्योरेन्स संचालक समिति अध्यक्षको जिम्मेवारी सम्हालेपछि यस बर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क आर्जनमा कम्पनीले ४४  प्रतिशत बृद्धिको उपलब्धि हासिल गरेको छ ।

Prabhu
Crest

कम्पनीको छवी सुधारी बीमा ब्यवसायमा प्रगति गर्न रवि भक्तले नेतृत्व लिएपछि युनाईटेडको ब्यवसाय विस्तारमा ठूलो आड पुगेको कर्मचारीहरु बताउँछन् ।

एक अर्ब २ करोड चुक्ता पूँजी रहेको युनाईटेडको जगेडा कोष ७ करोड ९२ लाख र बीमा कोष ३० करोड रहेको छ । उसले यस बर्षको पहिलो त्रैमाससम्मको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाई २६ करोड नघाउँन सफल भएको छ । कुनै बेला जगेडा कोष नै ऋणात्मक भएको कम्पनीले यसरी प्रगति गर्न थाल्नुको रहस्य नयाँ संचालक समितिको सक्रियता नै प्रमुख भएको बताईन्छ ।

नयाँ आएका निर्जिवन बीमा कम्पनीहरु अजोड, सानिमा र जनरलको तुलनामा युनाईटेडको अबस्था सवल भए पनि सेयरमूल्य सबैभन्दा कम छ । कम्पनीले आगामी दिनहरुमा यसैगरी प्रगति गर्दै गएमा नयाँ बीमा कम्पनीहरु भन्दा धेरै अगाडि पुग्ने आधार देखिन्छ ।

२०७६ कार्तिकमा भएको कम्पनीको बार्षिक साधारणसभाले अन्य बीमा कम्पनीसँग मर्जर वा एक्विजिशनमा जाने गरी संचालक समितिलाई अख्तियारी समेत दिएकाले कुनै राम्रो बीमा कम्पनीसँग मर्जरको संभावना पनि बढेको छ । शिखर इन्स्योरेन्सले समेत मर्जर वा एक्विजिशनको प्रस्ताव साधारणसभामा राखेकाले युनाईटेडलाई शिखरसँगको संभावित मर्जरसँग जोडेर हेर्न थालिएको छ, यद्यपी दुबै कम्पनीका तर्फबाट यसबारे कुनै कुरा सार्वजनिक भएका छैनन् ।

(स्पष्टिकरणः यहाँ तथ्यमा आधारित आँकलन मात्र प्रस्तुत गरिएको हो, के कसरी लगानी गर्ने र जोखिम लिने भन्ने कुरा लगानीकर्ता स्वयंको अध्ययन, विश्लेषण र लगानी कौशलमा निर्भर हुने स्पष्ट गरिन्छ । )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS