IME Life
Beema Board

ललितपुरको ग्वार्खोस्थित पेट्रोल पम्पमा आगोलागी, करोडौंको बीमा रकम जोगियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अत्यन्तै प्रज्वलनशील पदार्थको कारोबार हुने ललितपुरको उज्वल आयल स्टोर्स नामक पेट्रोल पम्पमा आज साँझ आगोलागी हुँदा लाखौंका सामानहरु जलेर नष्ट भएका छन् ।

ललितपुर प्रहरीका अनुसार आइतबार साँझ ग्वार्खोस्थित उज्वल आयल स्टोर्समा पार्किङ गरी राखेको अवस्थाको रित्तो ट्रकबाट आगो लाग्न सुरु भएको थियो । आगोलागीबाट सो पम्पमा पार्किङ गरी राखेको चार वटा मोटरसाइकल जलेर ध्वस्त भएका छन् भने पेट्रोल ट्याङ्कर समेत जलेर नष्ट भएको छ ।

Prabhu
Crest

यद्यपि करोडौंको बीमा दायित्व जोगिएको छ । समयमै जुद्ध बारुण यन्त्र लगायतका अग्नि नियन्त्रकहरुको प्रयास सफल भएपछि प्रज्वलनशील स्थानमा लागेको आगो सहजै नियन्त्रणमा आउँदा करोडौं रुपैयाँको बीमा रकम जोगिन पुगेको हो । इन्धन भण्डारण गर्ने स्थानमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसकेको भएमा वरपरका घरहरु समेत जलेर दशौं करोड रुपैयाँको क्षति हुने थियो भने करोडौं रुपैयाँको बीमा दावी कम्पनीहरुमा पर्ने निश्चित थियो ।

तत्कालै घट्नास्थलमा पुगेका जुद्धबारुण यन्त्र, नेपाल आयल निगमको बारुण यन्त्रसहितका सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS