IME Life
Beema Board

थप दुई जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार, यसै वर्ष ७७ जिल्लामा पुर्याइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप दुई जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको छ । बोर्डले यही मंसिर २४ गते उदयपुर र २६ गतेदेखि रसुवामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको जनाएको छ ।

उदयपुरमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले प्रदेश सांसद अम्बिका थापालाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेर औपचारिक रुपमा स्वास्थ्य बीमा सेवा सुरु गरेका हुन् । सांसद थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमसँगै अब उदयपुरका जनताले स्वास्थ्य बीमा सुविधा पाउने भएका छन् ।

Prabhu
Crest

त्यस्तै, मंसिर २६ गते रसुवामा अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले उद्घाटन गरेका छन् । उद्घाटनसँगै रसुवामा पनि स्वास्थ्य बीमा सेवा सुरु भएको हो । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले आगामी दिनमा थप ३ वटा जिल्लामा स्वास्थ्य बीमा सेवा सुरु गर्न लागेको जानकारी दिए । उनले भने, ‘हामी छिट्टै नै रुकुम, सल्यान र पाँचथरमा स्वास्थ्य बीमा सेवा सुरु गर्दैछौं ।’ बोर्डका अनुसार ति क्षेत्रका स्थानीयतहसँग छलफल सुरु भइसकेको छ ।

थप भएको जिल्लासँगै स्वास्थ्य बीमा सेवा ६२ जिल्लाका ६१० स्थानीय निकायमा विस्तार भएको छ । कूल ७७ जिल्ला मध्ये १५ जिल्लामा सेवा विस्तार बाँकी छ । बोर्डका अनुसार हालसम्म ३४ लाख जनसंख्या स्वास्थ्य बीमाको दायरामा आइसकेका छन् ।

नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमा मातहत छुट्टै स्वास्थ्य बीमा बोर्ड गठन गरी जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य बीमाको लागि पाँच जनासम्मको परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेपछि बार्षिक एक लाख रुपैयाँको औषधोपचार खर्चको दायित्व बहन गर्नेछ । स्वास्थ्य बीमा सेवाका कारण निम्न आय भएका देशका लाखौं जनताले सर्वसुलभ रुपमा बीमा सेवा पाउँदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS