Connect IPS
IME Life

विभिन्न कार्यक्रम गरी मनायो प्रभु लाइफले तेस्रो वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफनो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोहमा कम्पनीका सिईओ नारायण प्रसाद पौडेलले उक्त सामाग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ अधिकृतहरु एवम् उक्त महाशाखाका ट्राफिक प्रहरी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

त्यस्तै, उक्त कम्पनीका प्रदेशस्थित कार्यालयहरुबाट पनि रक्तदान लगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु संचालन गरिएको थियो ।

कम्पनीको मंसिर २९ गते (भोलि)देखि उक्त कम्पनीको ६० लाख कित्ता वरावरको ६० करोड रुपैयाँको शेयर समेत सार्वजनिक निष्कासन खुला हुदैंछ । सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रवन्धकत्वमा हुने शेयरको यो सार्वजनिक निष्कासन छिटोमा पुस २ गते बैकिङ्ग समय पश्चात् बन्द हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS