काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् ।कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले कानून विभागकी केसीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको कानुन विभागकी कर्मचारी समेत रहेकी केसीलाई सचिवको जिम्मेवारी दिने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।