काठमाडौं । प्रभु इन्स्योरेन्सको सात लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयअवधिभित्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर २१ गतेदेखि लिलामी सेयर खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम ३ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् ।