काठमाडौं । २० प्रतिशत लाभांश दिने घोषणा गरेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले भोलि बुक क्लोज हुँदैछ । उत्त लाभांश सुरक्षित गर्ने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २९ गते बुकक्लोज गर्ने घोषणा यसअघि नै गरिसकेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरी साधारणसभाबाट स्वीकृत पश्चात सो लाभांश वितरण गर्दैछ ।
कम्पनीको २४ औँ वार्षिक साधारण सभा पुस १२ गते डाकेको छ ।