काठमाडौं । उदयपुरका नवदित मगरले आफ्नो दोस्रो बार्षिकोत्सवमा पाँच लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार पाएका छन् । जन्मेको एक वर्ष पुरा भई दोस्रो वर्ष प्रवेश गरेको अवसरमा भर्खरै बोली फुट्दै गरेका नवदितलाई कोरोयामा काम गर्दै गरेका बाबु अर्जुन मगरले पाँच लाखको बीमा पोलिसी उपहार दिएका हुन् ।
यही मंसिर १९ जन जन्मदिनको अवसरमा नेपाल लाईफको कमलादी शाखामा उनकी आमा अस्मि घर्ती मगरले पाँच लाखको बीमा पोलसी खरिद गरेकी हुन् । पतिले विदेशबाट पठाएको रकमले उनले १८ बर्ष अवधीको ‘केटाकेटी सावधिक जीवन बीमा पोलिसी’ खरिद गरी बालकको भविष्य सुनिश्चित गरेका छन् ।
कोरोनामा बसेर गरेको कमाईबाट बालख छोराको भविष्य सुनिश्चित गर्ने घर सल्लाह बमोजिम बीमा पोलिसी लिइएको नवदिपकी आमा अस्मि घर्ती मगरले जानकारी दिईन् ।