काठमान्डौ। हिमालयन डिष्टिलरीको बजार मूल्य विहिवार (मंसिर २५) गते प्रति कित्ता ४,०४५ रुपैयाँमा बन्द भएको छ । केही समय यता कम्पनीको बजार मूल्य ४००० माथि नै स्थिर हुन प्रयास गरिरहेको छ । कम्पनीको शेयर मूल्य शुक्रबार ९ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ । एकै दिन कम्पनीको बजार मूल्य ३३६ रुपैयाले बढेको हो।
विहिवार कम्पनीको शेयर ब्रोकर नम्बर ५८ बाट आक्रामक खरिद भएको थियो । ब्रोकर नम्बर ५८ बाटै कम्पनीको १० करोड १८ लाख माथिको शेयर खरिद भएको हो । त्यस्तै ब्रोकर नम्बर ३३ बाट १ करोड ९१ लाख माथिको शेयर खरिद भएको हो । शेयर बिक्री गर्ने ब्रोकर भने आक्रामक भएको देखिएको छैन । ब्रोकर नम्बर ५४ बाट कम्पनीको १ करोड ९९ लाख बराबरको शेयर बिक्री हुँदा ब्रोकर नम्बर ५८ बाट १ करोड ६७ लाख बराबरको शेयर बिक्री भएको छ ।