काठमाडौँ । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले नवौँ वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ । कम्पनीको मंसिर १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको नवौँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा अकामा होटेल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।