काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कारोबार परिसूचक ३९.६० अंकले घटेको छ । बुधबार कारोबार समेत चार अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा सीमित हुन पुगेको छ ।
केही दिनदेखि सात देखि नौ अर्ब दैनिक कारोबार भइरहेको नेप्सेमा बुधबार कारोबार र मूल्य दुवै घटेको छ । बुधबार कूल एक करोड आठ लाख २१ हजार २७२ वटा शेयर कारोबार भएको छ ।
देशका दुई सय एक वटा कम्पनीको शेयर खरिद बिक्री हुँदा जलविद्युत बाहेक सबैको परिसूचक राताम्मे छन् । बाणिज्य बैंक समुहको परिसूचक २.१, व्यापार ४.८७, होटल २.९७ र विकास बैंक १.०२ अंकले घटेकबा छन् । जल विद्युत क्षेत्र १.२५ अंकले बृद्धि हुँदा फाइनान्स ०.२९, निर्जिवन बीमा २.३४, उत्पादन क्षेत्र, २.१७, अन्य क्षेत्र २.७६, लघुवित्त कम्पनी २.२६, जीवन बीमा २.२३ र सामूहिक लगानी कोष १.३५ अंकले घटेको हो ।