SKIP THIS

MLBL
IME Life
Beema Board

नक्कली पिसिआर रिपोर्ट खोज्न तात्यो बीमा समिति, नक्क्ली रिपोर्ट बुझाउने बीमितलाई प्रहरीमा बुझाउने तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि ठूलो मात्रामा नक्कली पिसिआर रिपोर्टहरु पेश भएको तथ्य भेटिएपछि बीमा समितिले सक्रियता देखाउन थालेको छ । बीमा समिति समितिले गठन गरेको कोरोना बीमा दावी भेरिफिकेशन टिमले कोरोना बीमा दावीका लागि पेश भएका पिसिआर रिपोर्टहरु ठूलो मात्रामा प्रमाणित नभएको फेला पारेको स्रोतले जानकारी दियो ।

बीमा समितिकै आग्रहमा अहिले अस्पतालहरुमा कोरोना भाइरसको स्वाव परिक्षण गर्नुअघि सरकारी परिचयपत्र अनिवार्य गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरिका सबै स्वास्थ्य संस्थाहरुलाई सर्कुलर जारी गर्दै कोरोना परिक्षणको लागि स्वाव लिनुअघि अनिवार्य रुपमा परिचय पत्र हेर्न भनिएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । भेरिफिकेशन टिमले प्रमाणिकरण गर्न नसकेको कोरोना बीमितको विवरण स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालय पठाउने तयारी भइरहेको छ ।

Prabhu
Crest

बीमा समितिको पहलमा नक्कली र कीर्ते पिसिआर रिपोर्ट पेश गरी कोरोना बीमा दावी गर्ने व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको छ । स्रोतका अनुसार बीमा कम्पनीमा पेश गरिएको नक्कली कागजातमाथि कारवाही गर्न प्रहरीलाई जिम्मा लगाउने सम्मको तयारी भइरहेको छ ।

बीमा दावीका लागि पेश भएका कागजात मध्ये कैयौं कागजातहरु नक्कली परेको अनुमान गरिएको छ । दुई साताअघि गरिएको प्रमाणिकरणमा १५ प्रतिशत पिसिआर रिपोर्ट प्रमाणिकरण हुन सकेका थिएनन् । प्रमाणिकरण नभएका सबै पिसिआर रिपोर्ट नक्क्ली नभए पनि धेरै पिसिआर रिपोर्टहरु नक्कली फेला परेको स्वास्थ्य सेवा विभागले जनाएको छ । नक्कली कागजात पेश गर्ने बीमितहरु कुनै पनि बेला कारवाहीमा पर्न सक्ने बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS