काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेप्सेमा उछाल आएको छ । आज एकै दिन ७२.२८ अंकले बढेको हो ।
हिजो १२३ अंकले घटेको नेप्से आज एकाएक बढेर २००४.३९ पुगेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने ऋणको सीमा परिवर्तन गर्ने जनाएपछि एकाएक घटेको नेप्सेमा आज उछाल आउँदै ठूलो अंकले बढेको हो ।
सोमबार कूल छ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँको शेयर कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाईड्रोपावरको १० प्रतिशत, बिशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी हाईड्रोपावर, सानजेन जलविद्युत कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । त्यस्तै, युनाईटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि उच्च बिन्दुले बृद्धि भएको छ ।