Connect IPS
IME Life
Beema Board

छोटो समयमा उल्लेख्य प्रगति गर्दै सानिमा लाईफ, चौथो वर्षमा प्रवेश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको मनाइरहँदा कम्पनीले आगामाी दिनमागर्ने सुखद यात्राका चित्रहरु कोर्न सफल भएको छ । तथ्याङ्क तथा सूचांकहरुले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी सफल कम्पनी बन्न अग्रसर हुँदै गरेको देखिएको छ ।

कूल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले दशकौंदेखि नेपालमा बीमा व्यवसाय गर्दै कम्पनी तथा समकक्षी कम्पनीहरुसँग जुध्दै अघि बढ्ने क्रममा जीवन बीमा कोष, मुनाफा उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको कम्पनीको सफलता सूचक जीवन बीमा कोष नै हो । कम्पनीले छोटो अवधीमा नै चुक्ता पुँजि सरह जीवन बीमा कोष बनाउन सफल भइसकेको छ ।

Prabhu
Crest

निरन्तर नविन योजना, ग्राहकको आर्थिक सुरक्षा, दीर्घकालिन सम्पन्नता तथा विश्वसनीय सेवा मार्फत नेपालको नेतृत्वदायी भुमिका निर्वाह गरी मुलुकको समग्र विकासमा योगदान गर्ने परिकल्पना सहित कम्पनी अघि बढिरहेको कम्पनीले जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्कआर्जन १५५ प्रतिशतले बढेर ३४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ खुदबीमा शुल्कआर्जन गरेको थियो । त्यस्तै, कम्पनीको गतआर्थिक बर्षको तुलनामा यस आ.वको पहिलो त्रैमासमा खुदनाफा ७७ प्रतिशतले बढेर ३ करोड ५१ लाख रुपैयाँ पुराएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको जगेडा कोष भने १५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १८ अर्ब रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, कम्पनीले कात्तिक मसान्तसम्ममा प्रथम बीमा शुल्क आर्जनबाट ३० करोड रुपैयाँ र नविकरण बीमाशुल्क आर्जनबाट १७ करोड गरि ४७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कोभिड महामारीका बीचमा कम्पनीले गरेको उल्लेख्य प्रगतिको रुपमा लिन सकिन्छ ।

कम्पनीले जारी पुँजिको ३० प्रतिशत अर्थात ६० करोडको आईपिओ छिट्टै जारी गर्ने तयारी गरेको छ । कम्पनीको साधारणसभा मार्फत पारित भएपछि यसै वर्ष आईपिओ जारी गर्ने तयारीमा कम्पनी रहेको छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले बीमितहरुका लागि एक दर्जन वटा बीमा प्रडक्ट जारी गर्दै आइरहेको छ । कम्पनीले देशैभरि फैलिएका ९६ वटा शाखाहरु मार्फत बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीकोे केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा रहेको र कारोबारको कार्यालय दरबारमार्गमा रहेको छ ।

कम्पनीमा हाल १२ हजार भन्दा बढी बीमाअभिकर्ताहरु आवद्ध छन् । १२ हजारभन्दा बढी बीमाअभिकर्ताहले विभिन्न क्षेत्रहरुमा जीवन बीमा सुविधा लिँदै आईरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हालसम्म सानिमा सरल तथा एकल भुक्तानी (सावधिक) जीवन बीमा योजना, सानिमा धनपति (अग्रिमभुक्तानी) जीवन बीमा योजना, सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजना, सानिमा दीर्घायु (आजीवन) जीवन बीमा योजना, सानिमा दम्पति जीवन बीमा योजना, सानिमा शुभ लक्ष्मी जीवन बीमा योजना, सानिमा धन फिर्ता जीवन बीमा योजना, सानिमाधन सञ्चय जीवन बीमा योजना, सानिमा म्यादी जीवन बीमा योजना, सानिमा कर्जा म्यादी लघु बीमा योजना सञ्चालन गर्दै आएको छ । उक्त कम्पनीले हाल पुनर्बीमाको लागि नेपाल पुनर्बीमा कम्पनीसँग सहकार्य गर्दै आएको जनाएको छ ।

२०६४ साल मंसिर १३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ बीमा समितिबाट मिति २०७४ कार्तिक १ गते जीवन बीमा व्यवसाय सञ्चालन अनुमति पाई २०७४ मंसिर २२ बाट सानिमा लाइफ इन्सयोरेन्सले बीमा बजारमा जीवन बीमाको कारोबार गर्दै आइरहेको छ ।

कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ मंसिर २२ गतेबाट सेवा शुभारम्भ गरेकोमा तीन वर्षको अवधीमा जीवन बीमा कोषमा एक अर्ब १८ करोड रुपैयाँ जम्मा गरेको छ । हाल कम्पनीमा १ सय ९० जना कर्मचारीहरु आवद्ध छन् ।

संचालक समिति 

क्र.स. संचालकको नाम              पद
१. कुमार प्रसादकोइराला         अध्यक्ष
२. घनश्याम थापा                    सदस्य
३. डा. सुवर्ण दास श्रेष्ठ              सदस्य
४. बद्रीविशाल घिमिरे              सदस्य
५. भरत बहादुर थापा              सदस्य

व्यवस्थापन समूह 

क्र.स. कर्मचारीको नाम           पद
१. अगम मुखिया                      प्रमुखकार्यकारी अधिकृत
२. शिवरामतिमिल्सीना             महाप्रबन्धक
३. चुडामणी चापागाई              नायबमहाप्रबन्धक
४. गणेश चौलागाई                  मुख्य प्रबन्धक
५. आर्यक रञ्जन बराल            मुख्य प्रबन्धक
६. गुणराजश्रेष्ठ                        मुख्य प्रबन्धक

हालकम्पनीसँग सहकार्य भएका बैंकहरुको सङख्या१८ वटा रहेका छन् । कम्पनीसंग बैंकिङ्ग सहकार्य भएका बैंक तथावित्तिय संस्थाहरु: 

सानिमा बैंक लि.
नेपालबंगलादेश बैंक लि.
सेञ्चुरी कमर्शियल बैंक लि.
सिद्धार्थ बैंक लि.
सिटिजन्स बैंक इन्टरनेशनललि.
मेगा बैंक नेपाललि.
सिभिल बैंक लि.
लक्ष्मी बैंक लि.
एनआइसीएशिया बैंक लि.
माछापुच्छे« बैंक लि.
ग्लोबल आइएमइ बैंक लि.
कञ्चन डेभलपमेण्ट बैंक लि.
कैलाशविकास बैंक
गण्डकी बिकास बैंक लि.
आइसिएफसि फाइनान्स
सिन्धु विकास बैंक लि.
महा लक्ष्मी विकास बैंक
सृजनशील बचत तथा ऋण सहकारी संस्था

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS