IME Life

नेपाल पुनर्बीमा देशकै ठूलो कम्पनी बन्दै, बजार पुँजिकरण एक खर्ब ५९ अर्ब पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपालको इतिहासमा नयाँ नयाँ रेडर्क राख्दै अघि बढिरहेको नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजिकरण एक खर्ब ५९ अर्ब ९० करोड पुगेको छ ।

२०७७ साल असार १५ गते सोमबार नेप्सेमा सूचिकृत भई कारोबार सुरु भएको नेपाल पुनर्बीमा कम्पनीले अहिलेको शेयर बजारका लगानीकर्ताहरुलाई मनग्य प्रतिफल दिने कम्पनीको रुपमा स्थापित भएको छ । कारोबार सुरु भएयता दैनिक रुपमा नयाँ नयाँ रेकर्ड राख्दै अघि बढ्ने गरेको छ । असार १५ यता नेप्सेमा सबैभन्दा धेरै पटक उच्च कारोबार नेपाल पुनर्बीमा कम्पनीकै भएको छ ।

Prabhu
Crest

नेप्सेमा कैयौं दिनसम्म सकारात्मक सर्किट लाग्दै अघि बढेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मंगलबार प्रतिकित्ता १५९९ रुपैयाँमा बिक्री भएको छ । सो आधारमा कम्पनीको बजार पुँजिकरण एक खर्ब ५९ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जम्मा १० अर्ब लगानीको नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजिकरणको आधारमा सबैभन्दा माथिल्लो तहमा पुग्न अब थोरै मात्र बाँकी छ । १५ करोड कित्ता शेयर सहित नेपाल टेलिकम बजार पुँजिकरणमा सबैभन्दा अगाडि छ । टेलिकमको एक खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ बजार मूल्याङ्कन छ । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य यहि गतिमा बृद्धि हुँदै गएमा अबको केही दिनपछि नै बजार पुँजिकरणको आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो बन्ने पक्का छ ।

नेपाल पुनर्बीमा कम्पनीको शेयर सुरुमा बिक्रीगर्नेहरु यतिबेला पछुतोमा परेका छन् । ५० कित्ता परेकाले पाँच हजार रुपैयाँ लगानी गरेर ७९ हजार ९५० रुपैयाँको मालिक बनेका छन् । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यका कारण नेप्से नै प्रभावित हुने अवस्थामा पुगेको देखिएको छ । मंगलबार अधिकांश सूचक रातो भएपनि अन्य समुहको परिसूचक ६ प्रतिशतले बृद्धि हुँदा सिंगो नेप्से प्रभावित भयो र परिसूचक सामान्य अंकले बृद्धि भयो । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको ६७ करोड रुपैयाँभन्दा बढिको शेयर कारोबार भएको छ । सकारात्मक सर्किटमै यति धेरै कारोबार भएका कारण बैंक, फाइनान्स, निर्जिवन बीमा, व्यापार समुहको परिसूचक घट्दा समेत समग्र नेप्से सकारात्मक देखिन पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS