Connect IPS
IME Life

एसटिसी नेटवर्कको स्मार्ट क्युआर सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट टेक्नोलोजी कम्पनी (एसटिसी) ले स्मार्ट क्युआर डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ ।

गोजीमार्फत गर्नुपर्ने नगद भुक्तानीलाई डिजिटल माध्यममा रुपान्तरण गर्ने उद्देश्यले अनलाइन भुक्तानीलाई अझआधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । राष्ट्र बैंकको नगदरहित कारोवार प्रणालीको प्रवद्र्धन गर्ने योजनासहित स्मार्ट क्युआर भुक्तानी पद्धति सुरुवात गरेको जनाएको छ ।

Prabhu
Crest

एसटिसीको स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

विशेषतः यस क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुले इएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोवार गराउन सकिने ब्यबस्था गरिएको कम्पनीले जनाएको छ । यसअघि बैंकहरुको साझा नेटवर्क बनाएर अन्तर बैंक एटिएम भुक्तानी सेवा प्रवाह गरेको कम्पनीले अब डिजिटल झुक्तानी पनि नेटवर्कमा आवद्ध गरी गर्न लागेको हो ।

स्र्माट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवाप्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको छ । साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवाप्रदायकले पनि स्र्माट क्युआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सकिने जनाइएको छ ।

स्मार्ट क्युआरको शुरुवातका अवसरमा प्रयोगकर्ताका लागि बिभिन्न मल, डिपार्टमेन्टल स्टोर र रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट पाइने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS