काठमाडौं । बुधबार नेपाली बजारमा महंगो धातु सुनको मूल्य लगभग स्थिर देखिएको छ । प्रतितोला झण्डै एक लाख रुपैयाँ रहेको सुनको मूल्य आज १०० रुपैयाले बृद्धि भएको छ । अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार १०० रुपैयाँले बृद्धि भई छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मूल्यमा सामान्य बृद्धि भई प्रतितोला १३०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १३०० रहेको चाँदीको मूल्य सुनको मूल्यसँगै बृद्धि भएको हो ।
विवाहको सिजन सकिएको, नेपालमा खासै नयाँ पर्व नआएको सन्दर्भमा सुनचाँदीको मूल्य स्थिर देखिएको हो ।