IME Life
Beema Board

प्रभु लाइफ इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड  सम्पन्न भएको छ । कम्पनीमा आवेदन भरेका कूल १० लाख ५१ हजार २१६ जना आवेदक मध्ये पाँच लाख ४० हजार जना सर्वसाधारणले १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।

प्रभु लाईफ इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०९ रुपैयाँ ५६ र अधिकतम ३२८ रुपैयाँ ६८ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।

Prabhu
Crest

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । प्रभु लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ असार मसान्तको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०९ रुपैयाँ ५६ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने ११२ दशमलव ९४ को आधारमा रेञ्ज (११२.९४ देखि ३३८.८२ ) तय हुने थियो ।

दुई अर्ब जारी पुँजि रहेको कम्पनीमा एक अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनी छन् । सर्वसाधारणको लागि छुट्टाएको ६० करोड रुपैयाँको आईपिओ मध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्टयाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । आईपिओ यही मंसिर २९ गतेदेखि पुस २ गतेसम्म खुल्ला गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS