IME Life
Beema Board

नेप्सेमा चार बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा चार वटा बाणिज्य बैंकको शेयर मूल्य समायोजन गरिएको छ । ३३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको नबिल बैंकको शेयर मूल्य समायोजन भएको छ ।

१३८६ रुपैयाँ रहेकोमा शेयर मूल्य समायोजन भई १०३८ रुपैयाँ कायम भएको छ । बैंकले विगतका वर्षहरुमा झण्डै शत प्रतिशतसम्म लाभांश दिने गरेकामा पछिल्ला वर्षहरुमा न्यून हुँदै गएको छ ।

Prabhu
Crest

त्यस्तै, ग्लोबल आईएमई बैंकको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा आज शेयर मूल्य समायोजन गरिएको छ । यसअघि ३५० रुपैयाँमा शेयर कारोबार भएकोमा समायोजित मूल्यपछि ३०७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एसबीआई बैंकको शेयर मूल्यमा पनि समायोजन गरिएको छ । ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको बैंकको शेयर मूल्य ४०८ रुपैयाँबाट ३८५ रुपैयाँ कायम गरिएको छ ।

उता, कृषि विकास बैंकले वितरण गर्न लागेको १५ प्रतिशत बोनस शेयरका कारण शेयर मूल्य ४८८ बाट घटेर ४२४ रुपैयाँ कायम भएको छ । बुक क्लोज मितिपछि शेयर मूल्य समायोजनको क्रममा शेयर मूल्य घटेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS