IME Life
Beema Board

चन्द्रागिरी हिल्सको आईपिओ बाँडफाँड आज

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले स्थानिय मकवानपुर र काठमाडौंका स्थानीय बासिन्दाको लागि बिक्री गरिएको पहिलोचरणको साधारण शेयर आज अपरान्ह बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

दुई चरणमा आईपिओ निष्काशन गर्ने योजना अन्तर्गत आयोजना प्रभावितहरुका लागि मंसिर १७ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । सर्वसाधारणको लागि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्सालमा बाँडफाँट गरिने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि सो शेयर निष्काशन गरेको थियो ।

पहिलो चरणको आईपिओ बाँडफाँड सकिएपछि दोस्रो चरणको आईपिओ निष्काशन गर्ने तयारीमा कम्पनी रहेको छ । चन्द्रागिरी हिल्स, काठमाडौंको थानकोटबाट चन्द्रागिरीसम्म केवलकार सञ्चालन गर्ने कम्पनी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS