काठमाडौं । कोरोना बीमामाथि दावी भुक्तानी माग गर्दै बीमा पुलमा दावी गर्नेहरुको संख्या २९ हजार नाघेको छ । बीमा समितिले शुक्रबार अपरान्हसम्मको तथ्याङ्क सार्वजनिक गर्दै कोरोना बीमाको कूल दावी गर्ने मध्ये २९ हजार २७० जनाको कागजात पूरा भएको बीमा समितिले जनाएको छ ।
त्यस्तै बीमा समितिले हालसम्म १५ हजार ८७९ जनाले एक अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी बुझेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार ७९ वटा फाईल दोहोरो दावी माग गरेकोले नदिने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।
यस बाहेक झण्डै ७० हजार जनाको कोरोना बीमा दावी परेको अनुमान गरिएको छ । बाँकी कागजात पूरा हुन बाँकी छ ।