IME Life
Beema Board

नबिलसँग मर्जरको हल्ला चलाएर सेयर बजारमा चलखेल, धितोपत्र बोर्ड रमिते

SPIL
NIC ASIA
Sanima Reliance

काठमान्डौ । सेयर बजारमा नबिल बैंकसँग मर्जरको हल्ला चलाएर कम्पनीहरुको सेयर मूल्यमा ब्यापक चलखेल हुँदा पनि नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंक रमिते बनेर बसेका छन् ।

नबिलसँगको मर्जरको हल्ला चलाएर केही दिन पहिले नेपाल बंगलादेश बैंकको सेयरलाई दिनदिनै सर्किट लगाई माथि पुर्याएर खेलाडीहरुले महंगोमा सेयर बेचेका थिए । त्यसपछि नेपाल क्रेडिट एण्ड कमर्श बैंकको कुरा पनि नबिलसँग नै जोडेर खेलाडीहरुले मूल्य बढाए भने अहिले सिद्धार्थ बैंकलाई नविलसँग मर्ज हुने हल्ला चलाएर मुल्य बढाउने खेल खेलिएको छ ।

Prabhu
Crest

बिहीबार सिद्धार्थ बैंकको सेयर मूल्य झण्डै १० प्रतिशतले उचालेर माथि पुर्याईएको छ । कुनै आधिकारिक विवरण सार्वजनिक नभई खेलाडीहरुले विभिन्न अनलाईन र सामाजिक संजालमा हल्ला चलाएर चलखेल गर्दा सूचनाको पहुँचमा नभएका सर्बसाधारण लगानीकर्ताहरु जोखिममा पर्ने गरेका छन् । यसरी चलखेल हुँदा राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले नियमन गरी सम्बन्धित कम्पनीहरुलाई स्पिष्टकरण सोधेर बजारको स्वच्छता र पारदर्शिता कायम गर्नुपर्नेमा खुलेआम चलखेल गर्ने छुट दिईरहेका छन् ।

खेलाडीहरुलाई जुन बैंकको सेयरमा चलखेल गरी मुल्य बढाउनु छ, त्यसैलाई नबिलसँगको मर्जरसँग जोडेर हल्ला चलाउने गरेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS