IME Life
Beema Board

कोरोना बीमा दावी गर्ने दुई हजार फाईल फिर्ता, ७२ जनाले दावी भुक्तानी नपाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना बीमामाथि परेको ठूलो दावी सेटलमेन्ट गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । बीमा समितिमा प्राप्त हिजो साँझ सम्मको तथ्याङ्क अनुसार २६ हजार ५९७ जनाको फाइल बीमा पुलमा पुगेको छ । सो मध्ये १४ हजार १८४ जनाले बीमा रकम प्राप्त गरेका छन् । बीमा समितिका अनुसार हालसम्म एक अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी कम्पनीहरुले दिइसकेका छन् ।

त्यस्तै, झण्डै दुई हजार जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको छ । बीमा पुलले पठाएको तथ्याङ्क अनुसार एक हजार ८९२ वटा फाईल बुधबारसम्ममा कम्पनीमै फिर्ता पठाइएको हो । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

Prabhu
Crest

उता, दोहोरो बीमा दावी गर्ने ७२ जनाको फाईल बीमा दावी भुक्तानी नपाउने गरी फाईल क्लोज गरिएको छ । उनीहरुले दावी भुक्तानीको लागि एउटा कम्पनीबाट कागजात पेश गरिसकेको अवस्थामा पुनः दोस्रो पटक पनि दावी भुक्तानीको लागि कागजात पेश गरेकोले दावी भुक्तानी नदिने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।

तथ्याङ्क अनुसार तीन हजार १११ वटा फाईल स्वास्थ्ये सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा रोकिएको छ । त्यहाँ प्रमाणिकरण हुन नसकेपछि रोकिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS