IME Life
Beema Board

समृद्धि फाइनान्सको साधारणसभा पुस २७ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले १९ औं वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।उक्त सभा होटल सामना हेटौँडा, मकवानपुरमा बिहान ११ बजे हुने भएको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने फाइनान्सले जनाएको छ। फाइनान्सको पुस ५ गते सम्पन्न संचालक समितिको बैठकले सााधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा हाल कायम रहेको चुक्तापूँजीको २ बराबर १ को अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्ने, प्रवन्धपत्रको दफा ५ को क,ख,ग,घ र ङ संशोधन गर्ने रहेको छ ।

Prabhu
Crest

साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरसम्बन्धि सम्पूर्ण कार्य संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने, संचालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि फाइनान्सले पुस २२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसकारण पुस २२ गतेसम्मका कायम रहेका शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS