IME Life
Beema Board

सात मन्त्रीद्वारा सामूहिक राजिनामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पार्टीभित्रको अन्तरकलहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रम ओली इतरका ७ जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।

राजिनामा दिनेहरुमा प्रचण्ड पक्षका पाँच जना र माधव नेपाल पक्षका दुई जना मन्त्रीहरु छन् । उर्जा मन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगर, वन मन्त्री शक्ति बहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराज मणि पोखरेल, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर यादव रहेका छन् ।

Prabhu
Crest

उता, प्रचण्डका दुई जना मन्त्रीले भने केपी ओलीको साथमा उभिएका छन् । उद्योग मन्त्री लेखराज भट्ट र गृहमन्त्री राम बहादुर थापा बादलले सामूहिक राजिनामा दिएका छैनन् ।

बालुवाटार स्रोतले रिक्त मन्त्री पदमा भोलि सोमबार नै नयाँ नियुक्ती गर्ने तयारी गरेका छन् । अर्थमन्त्री सहितका महत्वपूर्ण मन्त्रालयहरु भने प्रम ओली निकटका भएकोले तत्काल कुनै परिवर्तन हुने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS